काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका २४ जना नेपाली युवाको शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार मलेसियाको राजधानी क्वालालम्पुरबाट २४ शव र तीनवटा अस्तु नेपाल ल्याइएको हो । रोजगारीको सिलसिलामा मलेसिया पुगेका ती युवाको विभिन्न समयमा मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत ल्याइएका ती शवलाई आफन्तको जिम्मा…