७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनमार्फत नेतृत्व चयन गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्नेभएको छ ।

माओवादीले वडादेखि केन्द्रीय समिति सदस्यसम्मको नेतृत्व निर्वाचनमार्फत चुनिएर आउने गरी कार्यविधि बनाएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेतृत्व चयनको कार्यविधि बनाएको हो ।

वडा, निर्वाचन क्षेत्र (प्रदश र संघ), जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाइएको माओवादी केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले जानकारी दिए । राष्ट्रिय सम्मेलन अघि नै तल्ला कमिटीको नेतृत्व चयन भैसक्ने नेता पुनले बताए । यसरी नेतृत्व चयन हुँदा २ लाख ८५ हजार जना चुनिनेछन् ।

माओवादीले निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख गरेको छ । यद्यपी, माओवादीभित्र अझै लामो समय अध्यक्ष प्रचण्डको विकल्पको कुनै सम्भावना देखिँदैन । प्रचण्ड स्वयंले नेतृत्वबाट पछि हट्ने निर्णय नगरेसम्म उनको विकल्पबारे माओवादीका नेताहरुले कुनै सोचाईसम्म पनि बनाएका छैनन ।

सोमबार निर्वाचन समितिको भर्चुअल अभिमुखिकरण बैठक बसेको थियो । सो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी गराउँदै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिएका थिए। सो बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका ५५ जना सहभागी थिए ।

बैठकमा निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले प्रशिक्षण दिएका थिए।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ०४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई