१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पछिल्लो २४ घन्टामा थपिए १३३० संक्रमित, १८३० जना निको



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार ८३० संक्रमित निको भएका छन् भने संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ५३ जनाको मृत्यु भएको छ । यस्तै हाल २१ हजार ५२४ सक्रिय संक्रमित छन् ।

यस्तै, काठमाडौं उपत्यकामा थप ४०२ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २६१ , ललितपुरका ९८ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : २३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम