काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह कोरोना संक्रमित भएका छन् । महामन्त्री सिंहलाई कोरोना संक्रमण भएको उनको पार्टीले स्वास्थ्यलाभको विज्ञप्तिमार्फत जनाएको छ । सिंह होम आइसोलेसनमा रहेका छन् । पत्नी एवं प्रतिनिधिसभा सांसद दुर्गा पौडेल र परिवारको रेखदेखमा सिंहको उपचार भैरहेको मसालले जनाएको छ । सिंहलाई कोरोना संक्रमणको अवस्था प्रारम्भिक अवस्थामा भएपनि स्वास्थ्य सुधारोन्मुख…