८ बैशाख २०८१, शनिबार | April 20, 2024

अक्सिजन आपूर्तिमा तत्काल विकल्प नखोजिए भारतमा भन्दा ठूलो संकट आउने चेतावनी



काठमाडौं । अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् ।

कोभिड १९ संक्रमितको संख्या बढेसंगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहदा अक्सिजन उत्पादकहरुले भविश्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी दिएका हुन् ।

अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लाण्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए । तिमिल्सिनाले तत्काल सरकारले अक्सिजन आपुर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणले वृद्धि हुने चेतावनी दिए । उनले सरकारले अक्सिजन आपुर्ति सहज बनाउ बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए ।

अहिले काठमाण्डौ उपत्यकामा मात्रै ८ वटा प्लान्ट संञ्चालनमा रहेको र २ वटा प्लाण्टहरु मर्मतको क्रममा रहेका छन् । सबै प्लाण्ट पुर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने अवस्था छ । अहिले दैनिक झण्डै ९ हजार ग्यास सिलिण्डर उत्पादन भईरहेको छ ।

सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्ष समेत रहेका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खालि सिलिण्डर उद्योगमा फिर्ता गरेर सर्वसाधरणको जीवन रक्षाका लागि सहयोग गर्न आव्हान पनि गरे ।

बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव छ । उत्पादक कम्पनीले उत्पादन गरेर भ्याएको अवस्था छैन । २४ सै घण्टा प्लाण्ट चलेको भएपनि वितरण प्रणालीमा आसाध्यै ठूलो चुनौति दिएको छ । कोभिड १९ संक्रमणको महामारी नियन्त्रणका लागि अक्सिजनको सहज आपुर्तिका लागि सरकारले हदैसम्मका प्रयास र उपायहरु अपनाउन निजी उद्योगीहरु र सरकारको तर्फबाट सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ । सबै प्लाण्टरु पुर्ण क्षमतामा सञ्चालनमा छन् र पुर्ण क्षमतामा सञ्चालनमा आउँदा अहिले प्रतिदिन ९ हजार सिलिण्डर उत्पादन गरिरहेको अवस्था छ । यो उत्पादनले बजारको माग, अस्पतालको माग थेग्न नसक्ने अवस्थामा छ । उपत्यकामा मात्रै ८ वटा प्लाण्ट चालु अवस्थामा छन् । २ वटा प्लाण्टहरु मर्मतको क्रममा छन् । २ वटा प्लाण्ट चलेको अवस्थामा पनि त्यो उत्पादनले पनि अहिलेको अवस्थामा माग थेग्न नसक्ने अवस्था छ । तत्काल सरकारले बैकल्पिक व्यवस्था गरेन भने भयावह स्थिति आउने संभावना बढ्दै गएको छ ।

तिमिल्सिनाले भने, ‘समयमै सबैलाई समेटेर आपुर्ति व्यवस्थापन गर्नु जरुरी देखिन्छ । हाम्रो आकलन र अहिले र्यापिड्ली बढेको कोभिड संक्रमणको अवस्थाले हाम्रो उत्पादनले थेग्ला जस्तो लाग्दैन । किनभने हरेक क्षेत्रबाट देशै भरीबाट अक्सिजनको अभावका, अस्पतालका विरामीले अक्सिजन पाएनन् भन्ने सूचनाहरु प्राप्त भईरहेको छ । यो अवस्थामा सरकारले, उद्योगीहरुले चनाखो भएर, सचेत भएर यसको व्यवस्थापन गर्नु जरुरी देखिन्छ । हिजो सोचे भन्दा तीन गुना अक्सिजनको माग बढेर गएको छ । हामीले उत्पादन गरेको स्थितिले अबको बजार र माग पुरा गर्न नसक्ने स्थिति आईसकेको छ । त्यसकारणले सम्बन्धित निकाय र सम्बन्धित उद्योगीहरु तयार भएर यसको विकल्प के हो ? त्यसको व्यवस्थापन गरेर हामी अगाडि बढेनौ भने यो देशमा अक्सिजनको विषयलाई लिएर ठूलो अभाव हुने संभावना मैले देखेको छु ।’

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधरण अहिले आफन्तको उपचारका लागि आफै अक्सिजन उत्पादन कम्पनिमा पुग्ने गरेका छन् । सर्वसाधरण अक्सिजनको सिलिण्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ ।

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिनदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष गरेर सरकारले सम्बन्धीत निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वधारण उद्योग घेराउमा निस्किएका छन् । मन्त्रालयले अस्पताल बाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराईरहेका विरामीको आवश्यकतालाई वेवास्ता गरेको भन्दै सर्वसाधरणहरु आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : १६ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु