७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थपियो



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधी थप १५ दिन थपिएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)को बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो । अब जेठ १३ गतेसम्म निषेधाज्ञा अवधी पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा आउन नसकेको निस्कर्ष निकाल्दै निषेधाज्ञाको अवधी थप गर्ने निर्णय गरेको हो ।

अहिले जारी निषेधाज्ञाको समीक्षा र अवधी थपबारे निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको बैठक बसेको थियो । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएका कारण उनी उपस्थित भएनन् ।

जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म दिइएको किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्ने समय १ घण्टा बढाइएको छ । ९ बजेसम्म मात्र अत्यावश्यक पसल खुल्दा भीडभाड बढेको निस्कर्ष निकाल्दै १० बजेसम्म खोल्न दिने निर्णय गरिएको हो ।

बैठकले विकास निमाृणका सबै काम समेत रोक्ने निर्णय गरेको छ । सीडीओहरुले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका अन्य सबै निर्माण गरेका हुन् । यसैगरी विवाह, ब्रतबन्ध र भोजमा समेत कडाइ गरिएको छ । घरमै कार्यक्रम गर्दा पनि १० जना भन्दा बढी सहभागी हुन नपाइने निर्णय भएको छ ।

यसअघि बैशाख १६ गते बिहानबाट २२ गतेसम्म पहिलो निषेधाज्ञा लागेको थियो । पछि त्यसलाई थप गरेर २९ गतेसम्म पुर्याइएको थियो ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ३६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी