उदयपुर । मध्यपहाडी क्षेत्रको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको रौतामाई गाउँपालिकाको रौता पोखरी क्षेत्रमा पुसको पहिलो हप्तादेखि आगन्तुक पर्यटकको सङ्ख्यामा दोब्बरले वृद्धि भएको छ । मंसिरसम्म दैनिक ५० देखि १ सयसम्मको सङ्ख्यामा पर्यटक आउने गरेको भए पनि पुसको पहिलो सातादेखि २ सयको हाराहारीमा पर्यटक आउन थालेका छन् । लामो समयसम्म कोभिड-१९ को प्रभावका कारण…