बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन् । मकवानपुरको हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा बुधबार आयोजित समाहरोमा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने धारणा राखे । उनले प्रदेश सरकारले छोटो अवधिमा दीर्घकालीन प्रभाव पार्ने खालका महत्वपूर्ण काम…