नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यो मृत्युदरको संख्या बाँकेका अहिले सम्मकै उच्च हो । सोहि अवधीमा बाँकेका ५२३ जना कोरोना मुक्त पनि भएका छन् । आज पनि भेरी अस्पतालको पीसीआर परीक्षणको रिपार्ट समावेश नगरि डीसीसीएमसीले सार्वजानिक गरेको विवरणमा बाँकेमा ९१ जना कोरोना संक्रमित थपिएका छन्…