१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, लामो दूरीका सवारी संचालनबारे निर्णय हुने



काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सीडीओ)को बैठक आज बस्दै छ ।

जारी निषेधाज्ञाको समीक्षा र आगामी साताको रणनीतिबारे निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरु बैठक बस्न लागेका हुन् । बैठक दिउँसो १ बजे बस्नेछ ।

‘यसअघि थप गरिएको निषेधाज्ञा आज सकिने भएका कारण आजको बैठकले केही छुटका साथ निषेधाज्ञा थप गर्ने निर्णय हुने बताइएको छ । विशेष गरी लामो दूरीका सवारी साधन संचान गर्न दिने विषयमा छफफल केन्द्रित हुन लागेको छ ।

अत्यावश्यक कामले काठमाडौंबाट बाहिर जाने र काठमाडौं भित्रिने यात्रुले अहिले साना सवारीमा बढी भाडा तिर्न परेको गुनासो आइरहेका कारण अब लामो दूरीका बस संचालनको निर्णय हुने बुझिएको छ । यसअघि पासका आधारमा उपत्यका आउने–जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात संचालनको व्यवस्था गरिएको थियो ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर बढ्न थालेपछि सरकारले गठन बैशाख १६ गतेदेखि उपत्यकामा लगातार निषेधाज्ञा लगाउँदै आएको छ । तर, असार महिनादेखि भने निषेधाज्ञामा धेरै छुट दिइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : २० बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण