२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

कोरोना प्रभाव : धुलिखेलका होटल बुकिङ धमाधम रद्द

काभ्रै । कोरोना सङ्क्रमण बढ्न थालेपछि पर्यटकीय गन्तव्य धुलिखेलका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि यही वैशाख पहिलो सातादेखि नै होटलका बुकिङ रद्द हुन थालेको क्षेत्रीय होटल सङ्घ (हान) ले जनाएको छ । धुलिखेलका होटल सञ्चालकबाट बुकिङ गरिएका कार्यक्रम सबै रद्द गर्न थालिएको गुनासो आइरहेको…