१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कांग्रेसले बुझायो सरकारलाई १५ बुँदे ध्यानाकर्षणपत्र, सबै जनतालाई खोप सुनिश्चितताको माग



काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न सरकारसँग खोप सुनिश्चितताको माग गरेको छ ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा गएको कांग्रेस प्रतिनिधिमण्डलले सिंहदरबारमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै खोप सुनिश्चितताको माग गरेको हो ।

त्यसक्रममा सभापति देउवालले प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार बन्न आग्रह गरे ।
देउवाले जनतालाई कोरोनाको संभावित तेस्रो लहरबाट बचाउन तत्काल खोप ल्याएर लगाउनुपर्ने माग गरेका छन् । तेस्रो लहरले बालबालिकालाई धेरै असर गर्नसक्ने कुरा आएको बताउँदै देउवाले त्यसबारे सरकारले बेलैमा विशेष व्यवस्था गरोस् भन्ने माग गरेका छन् ।

देउवाले खोप खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न पनि माग गरेका छन् । उनले अहिले देखिएको अक्सिजनको अभाव अन्त्य गर्न समेत माग गरेका छन् ।

कांग्रेसले आफ्नो ध्यानाकर्षणपत्रमा सीमा नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, माग गरेको छ । यसैगरी, निषेधाज्ञाको समयमा निम्न आय भएका नागरिकहरूलाई राहत उपलब्ध गराउन पनि माग गरेको छ ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन सभापति देउवासहित महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायतका नेताहरु पुगेका थिए ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १२ : १३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग