८ बैशाख २०८१, शनिबार | April 20, 2024

माओवादीको निस्कर्ष : कोरोना नियन्त्रण गर्न सरकार पुरै असफल; सीसीएमसी खारेज गर्न माग



काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना भाइरसको रोकथाममा सरकार पूर्णतया असफल भएको निस्कर्ष निकालेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले सरकार कोरोना महामारी नियन्त्रणमा पूर्णतः असफल भएको निस्कर्ष निकालेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्रीले अबिलम्ब सर्वपक्षीय बैठक गर्नुपर्ने माओवादीको माग रहेको छ ।

बैठकले सीसीएमसी खारेज गर्न सरकारसँग माग गरेको छ । सीसीएमसी खारजे गरी प्रधानमन्त्री नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाएर जनताको जीवन रक्षामा लाग्नुपर्ने माओवादीको माग छ । सीसीएमसीलाई कानूनले समेत नचिनेको माओवादीको बुझाइ रहेको छ । कोरोना नियन्त्रणम सरकार पुरै असफल भएको, स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्म अनियमितता भएको भन्दै माओवादी बैठकले निन्दा समेत गरेको छ ।

माओवादीले भोलि शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने र पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराउनेभएको छ । सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको नेता वर्षमान पुनले जानकारी दिए ।

महामारी नियन्त्रणका लागि माओवादीले पार्टी पंक्तिलाई परिचालन गर्ने समेत निर्णय गरेको छ । केन्द्रीय स्तरमा बनाएको अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड नियन्त्रण युनिटलाई सातै प्रदेश, सबै जिल्ला, पालिका र वडासम्म ५ दिनभित्र गठन गरी कोरोना रोकथाममा स्वयंसेवी ढंगले कार्यकर्ता परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ३ : ०३ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन