७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी, साँझ ५ बजेबाट मतगणना, आजै नतिजा आउने



हेटौंडा । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि उपनिर्वाचन सुरु भएको छ ।

हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे जारी रहनेछ ।

मतदान सकिएपछि साँझ ५ बजेबाट मतगणना हुने र आजै नतिजा प्रकाशित गरिने निर्वाचन कार्यालयले जनाएको छ । नतिजा भर्चुअल माध्यमबाट प्रकाशित गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

यो उपनिर्वाचनमा एमाले नेता एवं गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङ पनि उम्मेदवार रहेका छन् ।

स्वतन्त्र उम्मेदवार डा. देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेको छ । देवकोटा एमालेको नेपाल पक्षकै आग्रहमा उम्मेदवार बनेका देवकोटालाई माओवादी र कांग्रेस र जसपाले समर्थन गरेका हुन् ।

मतदान स्थलमा उम्मेदवार थापा, देवकोटा र तामाङले अवलोकन गरेका छन् । यो मतदानमा बागमती प्रदेशसभाका सांसदहरु एवं बागमती प्रदेशअन्तर्गत सबै स्थानीय तहका प्रमुख उपप्रमुखहरुले भोट हाल्न पाउँछन् ।

प्रदेशसभामा ११० जना सांसदहरु रहेका छन् । तर केहीदिनअघि एमाले सांसद पशुपति चौलागाईंको मृत्यु भएको छ । यस्तै स्थानीय तहका ३४८ जना प्रमुख उपप्रमुखहरु रहेका छन् ।

तर विवेकशील साझाले भने मतदानमा भाग नलिने भएको छ । यो पार्टीका ३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : ३७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल