दैलेख । सात दिनअघि आमासँगै कर्णाली नदीमा हेलिएकी आठबीस नगरपालिका-३ निमायलकी ७ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । तर, रजनीसँगै नदीमा हामफालेकी आमा सुकी, सरिता, कल्पना र ललितको गएको बुधबार कर्णाली नदीको तीरमा संयुक्त दाहसंस्कार गरिएको छ । गोताखोरको टोलीसमेत आएर खोजतलास गर्दा शव नभेटिएको वडा नम्बर-३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले बताए । उनले…