९ पुस २०८२, बुधबार | December 25, 2025

कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यका प्रवेशमा थप कडाई

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको छ । सरकारले लकडाउन समाप्त गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि उपत्यकामा संक्रमितको संख्या पनि दिन दिनै बढिरहेको छ । नाकामै स्वाव संकलन गर्दा संक्रमितको संख्या ठूलो देखिएपछि सरकारले अहिले सवारी पास जाँचमा पनि कडाई सुरु गरेको छ…