कोरोना भाइरसको संक्रमणबाट आज फेरि अर्का एक व्यक्तिको निधन भएको छ । बाराको फेटा गाउँपालिका वडा नं. ३ निवासी ७७ वर्षीय वृद्धको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको हो । उनी निमोनिया, मस्तिष्कघात र मृगौलाका रोगी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । यसअघि, आइतबार बिहान…