१३ श्रावण २०८३, बुधबार | July 30, 2026

रिडी–वामीटक्सार सडक तीन दिनदेखि अवरुद्ध



रिडी । अविरल वर्षाका कारण पहिरो जादा गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड ३ दिनदेखि अवरुद्ध भएको छ ।

शनिवार कालिगण्डकी करिडोर अन्तर्गत जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को (पुल क्याम्प) खोपा भन्ने स्थानमा ठूला चट्टानसहित पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

ठूला ढुंगासहित पहिरो खसेकाले तुरुन्त सडक खुलाउन समस्या पर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । पानी पर्ने क्रम रोकिए सोमबार साँझसम्म सडक खुल्न सक्ने बताइएको छ ।

पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिए पनि पानी परिरहेकाले समस्या परेको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

अविरल वर्षाका कारण गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिमयुक्त र अवरुद्ध बनेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ११ : २५ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ