काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ । पोखरामा बस्दै आएकी चिनियाँ ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाबाट आज बिहान मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकोप्टरमार्फत पोखराबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकी ती महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।…