सिन्धुपाल्चोक । अविरल वर्षापछि गएराति भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रविसेमा दुई जनाको मृत्यु भएको छ । १८ जना वेपत्ता भएका छन् । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको हो । बिहानैबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना,…