विराटनगर । प्रदेश १ को रोजधानी विराटनगरमा कोरोना भाइरसका थप १३ जना संक्रमित थपिएका छन् । बिहीबार बिहान विराटनगर महानगरपालिकाका वडा नं. २, ६, ७, ८, १०, ११, र १३मा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित पुष्टि भएकामध्ये आठ पुरुष र पाँच महिला रहेको महानगरापालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।…