काठमाडौं । घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्बिने भएको छ । बुधबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । यसबाहेक सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ। यसअघि जेठ २० गतेसम्म लकडाउन थपिइसकेको छ…