काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित निकै बढेपछि उपचारको व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । उपचार गर्नुपर्ने संक्रमितहरुको संख्या धेरै भएपछि सरकारले अब काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताललाई डेडिकेटेड कोभिड अस्पतालमा रुपान्तरण गर्नेभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रायका प्रवक्ता प्राडा जागेश्वर गौतमले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए । यससँगै…