७ पुस २०८२, सोमबार | December 22, 2025

साउदीबाट आएका थप एक पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौ । प्रदेश १ मा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । साउदी अरबबाट नेपाल आएका भोजपुरका २६ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती पुरुष फागुन ३० गते साउदी अरबबाट नेपाल आएका थिए । उनीसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।