काठमाडौं । बिहीबार कोरोना भाइरसका ७०७ जना नयाँ सक्रमित थपिएका छन् । ११ हजार ८ सय ३२ नमुना पीसीआर परीक्षण गर्दा ७०७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १९२ जना महिला र ५१५ जना पुरुष रहेका छन् । यससँगै देशभर हालसम्मका संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।…