७ आश्विन २०८३, बुधबार | September 23, 2026

कर्मचारीमाथि बाटैमा प्रहरी अवरोध भएपछि काठमाडौं उपत्यकाका सबै बैंक बन्द



काठमाडौं । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले रोकेपछि काठमाडौं उपत्यकाका सबै बैंकहरु बन्द भएका छन् ।

प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै बैंकका कर्मचारीहरुलाई बिहान कार्यालय समयमा धमाधम सडकमै बनाएका होल्डिङ सेन्टरमा होल्ड गर्दिएको थियो ।

लगत्तै नेपाल बैंकर्स संघले सबै बैंकका शाखा कार्यालयहरु बन्न गर्ने निर्णय गरेको हो ।

बैंकहरुले आफ्नो मुख्य कार्यालय मात्र खुला गर्दै अन्य सबै शाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकामा बुधबार रातिदेखि निषेधाज्ञा लागुभएपछि प्रहरीले सडकमा निस्किएका जो कसैलाई पनि हिँड्न रोक लगाउँदै स्थानीय होल्डिङ सेन्टरमा होल्ड गरेको छ ।

बैंकका कर्मचारीहरु समेत होल्डमा परेको खबर मुख्य कार्यालयलाई पठाएपछि तत्कालै शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको बैंकर्स संघले जनाएको छ । ‘अत्यावश्यक सेवा भए पनि प्रशासनको सहयोग नभएपछि बैंकहरु बन्द गर्नुपर्यो’, बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, कतिपय बैंकका त प्रमुख कार्यकारी अधिकृत नै बाटैमा रोकिए ।’

उपत्यकामा निषेधाज्ञा घोषणा भएपछि सबै वाणिज्य बैंकहरुले काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ वटा शाखा संचालन गर्ने निर्णय गरेका थिए । बैंक खुला गर्नका लागि बैंकहरुले नेपाल राष्ट्र बैंक र प्रहरीसँग समेत समन्वय गरेका थिए । प्रशासनले सहमति विपरित काम गरेको बैंकर्स संघले आरोप लगाएको छ ।

प्रहरीले बैंकका कर्मचारी सडकमै रोकेपछि स्थानीय प्रशासनसँग छलफल भइसकेको राष्ट्र बैंकले जनाएको छ । बैंकका कर्मचारीहरुलाई प्रहरीले सडकमै अवरोध गरेपछि बैंक बन्द भएको विषयमा गृहमन्त्रालयमा समेत छलफल भएको छ ।

मन्त्रालयले लगत्तै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेका कारण शुक्रबारदेखि कुनै रोकतोक नहुने राष्ट्र बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  १२ : ०५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई