नेपालगन्ज । स्वास्थ्यका लागि प्रातकालिन हिडाई भन्ने मूल नाराका साथ शनिबार बिहान नेपालगन्जमा वाकाथनको आयोजना गरिएको छ । बरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीको संयोजनमा र चिकित्सक संघ बाँकेको आयोजनामा भएको वाकाथनको बिहान साढे ७ बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरे । स्थानीय गणेशमानचोकदेखि वीपीचोक हुँदै वीरेन्द्रचोकमा पुगेर पुनः गणेशमानचोकमा पुगेर कार्यक्रम समापन…