२८ असार २०८३, आइतबार | July 12, 2026

पहिरोले अरनिको राजमार्गको धुलिखेल-खावाखण्ड अवरुद्ध

काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखेलमा पहिरो खस्दा अरनिको राजमार्गको धुलिखेल खावाखण्ड अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका–८, तिरतिरे धारामा बिहीबार बिहान करिब ९ः४० बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। हाल सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। लामो समयदेखि सडक विस्तारको काम अधुरै रहेकाले यस खण्डमा पटक–पटक समस्या देखिँदै आएको छ ।