स्याङ्जा । पुतलीबजार नगरपालिका–१४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनाबाट सोही वडाको लामागे लम्सालडाँडाका ४५ वर्षीय माधव लम्सालको मृत्यु भएको हो । पुतलीखेत–सतौँ जोड्ने भित्री पक्की सडकखण्डमा लु५९प ३७९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल नेपालीले जानकारी दिए । सातौँबाट पुतलीखेततर्फ आउने क्रममा ओरालो सडकबाट मोटरसाइकल अनियन्त्रित…