न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ । प्रस्ताव पारित भएसँगै राष्ट्रसंघले शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरेको छ । राष्ट्रसंघले गरेको प्रस्तावको पक्षमा नेपाल सहित १२० देशहरुले प्रस्तावको पक्षमा मत जाहेर गरेका छन् भने विपक्षमा १४ देशले मतदान गरेका छन् । भारतसहित ४५ देशले मतदान गरेनन्…