२० बैशाख २०८१, बिहिबार | May 2, 2024

हैटीका राष्ट्रपतिको घरभित्रै गोली हानी हत्या

काठमाडौं । हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या गरिएको छ । फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार गोली हानेर हत्या गरिएको जनाएको छ । घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन । ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए ।…