१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अष्ट्रेलिया : जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह

सिड्नी । प्रभावशाली अष्ट्रेलियाली अधिकारीहरूको गठबन्धनले अष्ट्रेलियामा जुवाजन्य विज्ञापन (ग्याम्लिङ एड्स)मा पूर्ण प्रतिबन्ध लगाउन आइतबार सरकारसँग माग गरेको छ । अष्ट्रेलिया जुवाजन्य क्रियाकलापबाट विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने देशमध्ये एक हो । दुई करोड ७० लाख जनसङ्ख्या रहेको अष्ट्रेलियामा जुवाजन्य खेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलर ९१६ अर्ब अमेरिकी डलर० नोक्सानी हुने गरेको अनुमान…