बैङ्कक । म्यान्माको सैन्य सरकारले बिहीबार करेन नेसनल युनियन (केएनयु) लाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको छ । यससँग सम्बन्धित कुनै पनि गतिविधि वा तेस्रो पक्षको सम्पर्कलाई समेत अब अवैध ठहर गरिने बताइएको छ । म्यान्मा सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै केएनयुले बढी स्वायत्तताका लागि सङ्घर्ष गर्दै आएको छ । दक्षिणपूर्व म्यान्मामा अवस्थित…