२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प, छिमेकी देशसम्म सुनामीको चेतावनी

काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवान र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ । ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको भूकम्प मापन अधिकारीहरूले जनाएका छन् ।…