बुटवल । बुटवल ११ कालिकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्च्युअल स्कुलमा बुधबारदेखी खेलकुद सप्ताह शुरू गरीएको छ । खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईने छ । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिबल, कबड्डी, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प,…