नेपालगन्ज । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन सुवेदीले भेरी अस्पतालमा भौतिक पूर्वाधार रहेरपनि उपकरण र जनशक्तिको अभावमा प्रभावकारी सेवा दिन नसकिएको बताएका छन् । कार्यभार सम्हालेको एक महिनापछि पत्रकारहरुसँग परिचयात्मक भेटघाट गरेका डा. सुवेदीले सुबिधा सम्पन्न भवन निर्माण भएपनि त्यसमा आवश्यक उपकरण र जनशक्ति नहुँदा भवन पूर्णरुपमा प्रयोगमा आउन नसकेको बताएका हुन् ।…