बुटवल । रुपन्देहीको टाइगर प्यालेसका पूर्व कर्मचारीहरु आन्दोलित भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर १५ स्थित टाइगर प्यालेस रिसोटबाट निष्कासन गरिएका श्रमिकहरुले श्रम अदालतमा दिएको रिटमा हारिसकेको र श्रम अदालतले फैसला गरेको कार्यान्वयन गर्न गम्भीर नदेखिएको भन्दै कर्मचारी आन्दोलित भएका हुन । उनीहरुले श्रमिकहरुसँग २०८० पुस १३ गते गरेको सम्झौता पत्रको कार्यान्वयनमा व्यवस्थापन पक्षले…