पर्वत । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका उद्यमीलाई रु एकरएक लाखका दरले बीउ पुँजी उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत नौ वटा वडामा एकरएक जना उद्यमीका दरले घुम्ती कोषमार्फत रु नौ लाख अनुदान उपलब्ध गराएको हो । विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी…