दाङ । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ । गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताउनुभयो । साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो ।…