८ पुस २०८२, मंगलबार | December 23, 2025

रोहिणीको धकधईमा ‘एएनपीआर क्यामेरा’ जडान

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन ‘एएनपीआर क्यामेरा’ जडान गरिएको छ । भैरहवा-परासी सडकखण्ड अन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरुको नम्बर प्लेट पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले एएनपीआर क्यामेरा जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । ईलाका प्रहरी कार्यालय, धकधईसँगको…