धनुषा । मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ । भाइटीका जस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ । यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ । दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन् । यस दिन दाजुभाइ…