बुटवल । बुटवल-१० रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मुटु दिवस-२०२३ को अवसरमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमले पछिल्लो समय मुटुरोगको अबस्था, मुटुरोगीले ध्यान दिनुपर्ने कुरा र यसबाट जोगिन सर्वसाधारणले अपनाउनुपर्ने सावधानीबारे चर्चा गरेका गरेका थिए । सबै उमेर समूहका व्यक्तीहरुमा मुटुरोग देखिने भएकाले स्वयमं…