बुटवल । अत्यन्त न्युन आय भएका सर्वसाधारणको बचत रकम भुक्तानी दिन आनाकानी गरेको सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाले अन्ततः किस्ताबन्दीमा बचतकर्ताहरुको बचत रकम भुक्तानी गर्न मन्जुरी गरेको छ । बचत रकम खर्च गरेर सकिएको बताएर बचतकर्ताहरुलाई भुक्तानी रोकेको सहकारी माथि सहकारी दर्ता अधिकारीको कार्यालय दाङले कडा 'एक्सन' लिएपछि सहकारीकी ब्यवस्थापक सृजना तामाङ बचतकर्ताको रकम भुक्तानी गर्न…