बुटवल । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो र मतदाता भेटघाट अभियान तीव्र बन्दै गएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले मंगलबार तिलोत्तमा नगरपालिका वडा नं. ५ मा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् । मंगलबार बिहानैदेखि मतदाताको घरघरमा पुगेका उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष…