नेपालगन्ज । नेपालगन्जका दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुहबीच झडप भएको छ । नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा खण्डमा दुई समुहबीच झडप भएको हो । झडपमा तीनजना प्रहरीसहित १५-२० जना घाइते भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । सबै घाइतेको अवस्था सामान्य रहेको उनले बताए । झडप पूर्णरुपमा नियन्त्रणमा आइसकेको उनले जानकारी दिए…