बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको छ । हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज बुटवलले नेपालमा अत्यन्त लोकप्रिय खाद्य परिकार मोमोको प्रवद्र्धन गर्ने उद्देश्यले भ्यालेन्टाइन डे अवसर पारेर मोमो महोत्सव आयोजना गर्न लागेको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा सिद्धार्थ कटेज बुटवलका सञ्चालक तथा क्षेत्रीय प्रवन्धक महेन्द्र न्यौपानेले माघ २९…