तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा…