नेपालगन्ज । बाँकेको कोहलपुरमा अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा स्थानीबासीले अवरोध गरेका छन् । कोहलपुरको बासपार्कमा बनाईएका अस्थायी टहरा र केही पक्की संरचना हटाउन खोज्दा स्थानीयले ढुँगामुढा गर्दै अवरोध पु¥याएका हुन् । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि अतिक्रमण हटाउन खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको ३/४ वटा अतिक्रमित टहरा…