१७ जेष्ठ २०८३, आइतबार | June 1, 2026

कालीकोटमा भीरबाट लडेर एकको मृत्यु

सुर्खेत । कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीररबाट लडेर तिलागुफा नगरपालिका(७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका(५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।