नेपालगन्ज । सोमबार ४१ जना नयाँ संक्रमित थपिएको बाँकेमा मंगलबार १६ जना कोरोना मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज डिस्चार्ज भएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या ७ सय ४६ पुगेको छ । विभिन्न आईसोलेशनमा बसेका उनिहरुलाई आज बिहानै देखि डिस्चार्ज गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले…